१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असोज ४ आइतबार १६:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज ४ आइतबार १६:४४:००

दैलेखको नौमुले गाउँपालिकाको मालुभिरमा ट्याक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ । 

दैलेख नौमुले सडक निर्माण कार्यका लागि प्रयोग गरिएको ना.७त १२१६ नम्बरको ट्याक्टर आइतबार दिउँसो ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

सहचालक नौमुले गाउँपालिका नन्द बस्नेत घाइते छन् । उनको उपचार नौमुले स्वास्थ्य केन्द्रमा भइरहेको छ । 

ढुंगा ओसारपसार गरिरहेको ट्याक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दैलेखको दुल्लु नगरपालिका– ९ धामीगाउँका मृतक पुरीको शव पोस्टमार्टमका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख ल्याउने तयारी भएको छ । 

घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको छ ।