१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ४ आइतबार १६:२६:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

संविधान दिवस विभूषण वितरण : खेल खेलेर जित्ने खेलाडी सम्मानविहीन, खेल पदाधिकारी विभूषित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ४ आइतबार १६:२६:००

धेरै विधाका व्यक्तित्वहरूलाई सरकारले संविधान दिवसको अवसर पारेर विभूषित गऱ्याे । 

खेलकुद क्षेत्रलाई योगदान पुऱ्याएका पनि विभूषित भए । तर, नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक दिलाउने खेलाडीलाई भने सरकारले दिने पदकले समेटेन । सोही प्रतियोगिता आयोजना गर्न नेतृत्व भूमिका खेलेका केही पदाधिकारी भने विभूषित भए । 

नेतृत्व तहका व्यक्तिहरू विभूषित हुँदा खेलाडीलाई उपेक्षा गरेको भन्दै खेलाडीले आफूहरुलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

संविधानसभाबाट जारी भएको संविधानले आइतबार पाँचौँ वर्ष पूरा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका बाबजुत पनि सरकारले आइतबार संविधान दिवस भव्यताका साथ मनायो । 

दिवसको अवसरमा राष्ट्रलाई योगदान पुऱ्याएका केही मानिस विभूषित पनि भए । धेरै क्षेत्र समेटिएकोमध्ये खेलकुद क्षेत्रका केही व्यक्ति पनि पदकका भागीदार भए । 

नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३औँ सागमा पदक दिलाउने खेलाडी भने पदकबाट टाढा रहे । दक्षिण एसियाकै मेगा इभेन्टमध्येको सागबाट पदक दिलाउँदै देशको गरिमा उच्च बनाएका खेलाडीलाई पदकबाट सम्मान नगरिनु खेलाडीलाई उपेक्षा भएको कतिपयको टिप्पणी रहेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का अध्यक्ष दीपक श्रेष्ठले गणतन्त्र आएपछि नेपाली खेलकुदलाई बेवास्ता गरेको दुःखेसो पोखे । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरू पदक तथा विभूषणबाट विभूषित भएका छन् । 

तर, खेललाई नै जीवन दिएर राष्ट्रका लागि पदक दिलाउन लक्ष्य राखेका खेलाडीलाई विभूषित नगरेको भन्दै आइतबार एनएनआइपिए, नेपाली कांग्रेसले गम्भीर ध्यानकर्षण भएको विज्ञप्ति पनि जारी गरेको छ । 

नेपाली कांग्रेगका खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले पदक वितरणमा खेलाडीलाई उपेक्षा गरेको भन्दै सरकारलाई सचेत गराएको बताए । 

राखेपले १३औँ सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो । तर, एकजना पनि उक्त पदकका लागि राज्यले योग्य ठानेन । 

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य भए । तर, पदक दिलाउने सबै खेलाडी ओझेलमा परेका छन् ।