१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असोज ४ आइतबार १६:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चले फेवातालमा डुंगा : स्वास्थ्य मापदण्ड अपनाएर मात्र यात्रु चढ्न पाउने

Read Time : < 1 मिनेट
२०७७ असोज ४ आइतबार १६:१४:००

पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा आएका छन् । 

लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा २ असोजबाट सञ्चालनमा आएका हुन् । 

कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो । 

सरकारले १ असोजबाट नै डुंगा सञ्चालनको अनुमति दिएको भए पनि मर्मतसम्भारको काम बाँकी रहेकाले २ असोजबाट सञ्चालनमा ल्याएको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए । 

उनले सरकारले दिएको निश्चित मापदण्डअनुसार डुंगा सञ्चालन थालेको बताए । 

डुंगामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दूरी कायम गर्नुपर्नेलगायतको मापदण्ड तयार पारिएको उनले बताए । 

डुंगा सञ्चालनका लागि यात्रुसँग लिने भाडासमेत नबढाइएको उनले जानकारी दिए ।