मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
चुङ्दाक लामा
२०७७ असोज ४ आइतबार १३:२७:००
Read Time : > 1 मिनेट
ब्लग डिजिटल संस्करण

उज्यालो चाहने जनमतको सरकारले कदर गर्नुपर्छ 

Read Time : > 1 मिनेट
चुङ्दाक लामा
२०७७ असोज ४ आइतबार १३:२७:००

विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुन: नियुक्तिको माग गर्दै देशभरिका जनता एकजुट भएर सरकारलाई दबाब दिइरहेका छन् । २८ भदौमा अवधि पुगेर प्राधिकरणबाट कुलमान बिदा हुँदा लगभग सबै जनता दुःखी भए । 

देशव्यापी लामो लोडसेडिङ हटाउने काम कुलमानकै नेतृत्वमा भयो । उनको पक्षमा जनताको अपार समर्थन देखिनुको एउटै कारण यो मात्र हो । 

कुलमानको पक्षमा देखिएको समर्थन कुनै व्यक्तिको पक्षमा हाेइन । यो समर्थन उज्यालोको पक्षमा हो । लामो समय लोडसेडिङका नाममा अन्धकार व्यहोर्न बाध्य भएका नेपाली कुलमान प्राधिकरणको नेतृत्वमा आएपछि भएको परिवर्तनको निरन्तरताको पक्षमा छन् । 

मेरो व्यक्तिगत विचारमा पनि आगामी एक कार्यकालका लागि कुलमानलाई सरकारले निरन्तरता दिनुपर्छ भन्ने लाग्छ । लोडसेडिङ हटाउन उनले गरेका काम र उनको समर्थनमा जनताले व्यक्त गरेको भावनालाई सरकारले कदर गर्नुपर्ने हो ।

कुनै पनि व्यक्तिले आफ्नो काम इमान्दार भएर गरेमा जनताले राम्रो साथ दिन्छन् भन्ने एक उदाहरण बनेका छन् कुलमान ।  

यस्तो वेला कुलमानलाई पुनः नियुक्त गर्न सरकारलाई केले रोक्यो ? सरकारले जनमतलाई कदर गर्दै कुलमानलाई थप एक कार्यकालका लागि नियुक्त गर्दा जनताको समर्थन नै पाउने अवस्था छ । 

जनाताको मग सम्बोधन नगर्दा अहिले सडकमा सरकारको विरोध भइरहेको छ । जनता स्वस्फुर्त कुलमानको पक्षमा सडमा उत्रिएका छन् । जनमतको कदर गर्दा सरकारको के बिग्रिन्छ ? राम्रो काम गर्नेलाई हौसला बढाउने दायित्व सरकारको पनि हाेइन र ?

हामी प्रधानमन्त्रीले जनताको आवाजको सम्मान गरेको सुन्न र हेर्न चाहन्छौँ । राष्ट्रवाद भनेको राष्ट्रको हितमा काम गर्न सक्नेको सम्मान पनि हो । लोडसेडिङमुक्त नेपालको चाहना राख्नु नेपाली जनताको गल्ती हाेइन । लामो लोडसेडिङबाट दिक्क भएका नेपाली अब त्यस्तो  अवस्था नदोहोरियोस् भन्ने पक्षमा छन् । सरकारले त्रुटि गर्दा दुःख पाउने जनताले नै हो । जनताले पनि विनाकारण कुलमानको समर्थन गरेका हाेइनन् । उनले काम गरेर देखाएका कारण उनको पक्षमा जनमत उर्लेको हो ।

मलाई लाग्छ कुलमानको नियुक्ति गर्ने सरकारको निर्णयले सरकारको पक्षमा समर्थन बढाउनै मद्दत गर्छ । कुलमानको पुनः नियुक्ति सरकारले गरेको राम्रो काममा गणना हुन सक्थ्यो होला ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी नेकपाकै आमकार्यकर्ता पनि सरकारले कुलमानलाई नियुक्त गरिदिए हुन्थ्यो भन्नेमा छन् । यो सरकार एउटा सुनौलो काम गर्ने मौकाबाट नचुकोस् भन्ने शुभकमना दिन चाहन्छु ।