मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ३ शनिबार १५:५४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रेलको स्वागत, सेवाको पर्खाइ [भिडियाे रिपाेर्ट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ३ शनिबार १५:५४:००

शुक्रबार १२ बजेसम्म रेल आउने हल्लाले बिहान ९ बजेदेखि नै जनकपुरस्थित रेल्वे स्टेसनमा सर्वसाधारणको घुइँचो थियो । सबै उमेर समूहका सर्वसाधारण लिकनजिकै बसेर रेल आउने बाटो हेरिरहेका थिए । 

रेल्वे स्टेसन पुगेका सर्वसाधारणले चार–पाँच घन्टा कुरेपछि दुईवटा रेल शुक्रबार दिउँसो जनकपुर आइपुगे । बिहान करिब साढे ११ बजे जयनगरबाट जनकपुरका लागि प्रस्थान गरेका दुवै रेल दिउँसो पौने २ बजे जनकपुर रेल्वे स्टेसन आइपुगेका थिए । हर्न बजाउँदै रेल आएपछि सर्वसाधारणले हात हल्लाए अनि स्वागत गरे । खुसी भएर ताली पिटे र सेल्फी लिन व्यस्त रहे ।