मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असोज ३ शनिबार ०८:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान दिवसमा वीरगन्ज कारागारका १५ जना कैदीबन्दी रिहा हुँदै 

Read Time : < 1 मिनेट
२०७७ असोज ३ शनिबार ०८:४८:००

वीरगन्ज कारागारका विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका १५ जना कैदीबन्दी  रिहा हुने भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएपछि उनीहरू रिहा हुने भएका हुन् । 

सवारी ज्यान मुद्दाका दुई, कर्तव्य ज्यान मुद्दाका तीन, किर्ते मुद्दाका तीन, नकवजनी चोरी मुद्दाका तीनजना रहेको वीरगन्ज कारागारका प्रमुख जेलर श्रवण पोखरेलले जानकारी दिए ।

यस्तै  वन पैदावार मुद्दाका एक, सवारी अंगभंग मुद्दाका एक, डाँका चोरी मुद्दाका एक, सरकारी छाप दस्तखत किर्ते मुद्दाका एक, कर्तव्य ज्यान मुद्दाका एक महिला रहेको उनले बताए ।

विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका देशभरि दुई सय ८९ जना कैदी बन्दीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्बाहाम्फेसहित दुई सय ८९ जनाले  माफी पाएका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्थाअनुसार कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नुपर्छ ।