Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज २ शुक्रबार १९:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय लमजुङमा सेनेटरी प्याडको व्यवस्था

Read Time : < 1 मिनेट
२०७७ असोज २ शुक्रबार १९:१७:००

जिल्ला प्रशासन कार्यालय लमजुङले सेनेटरी प्याडको व्यवस्था गरेको छ । प्रशासनले जिल्लामै पहिलोपटक महिला सेवाग्राहीलाई लक्षित गरी सेनेटरी प्याडको व्यवस्था गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रशासनमा विभिन्न ठाउँबाट सेवाग्राही आउने भएकाले महिला सेवाग्राहीलाई लक्षित गरी सेनेटरी प्याडको व्यवस्था गरेको बताए । उनका अनुसार प्रशासनलाई लैंगिकमैत्री बनाउन महिला सेवाग्राहीलाई सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।

मानिसको सबैभन्दा बढी चहलपहल हुने प्रशासनमा कार्यालय परिसरभित्र सेवाग्राहीमैत्री शौचालय व्यवस्थापनका साथै शौचालय स्तराेन्नतिसमेत गरेको  शर्माको भनाइ छ ।