मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असोज २ शुक्रबार १६:१०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चले लामाे दूरीका बस, छैन यात्रुको चहलपहल (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७७ असोज २ शुक्रबार १६:१०:००

कोरोना भाइरस संक्रमणका कारण विगत ६ महिनादेखि बन्द भएको सार्वजनिक यातायात खुलेको छ । असोज १ देखि यातायात सेवा सञ्चालन भए पनि यात्रुहरूको संख्या भने नगन्य मात्रामा रहेको पाइएको छ । सरकारको घोषणाअनुसार वीरगन्जका यातायात व्यवसायीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर यातायात सञ्चालन गरेका छन् । 

वीरगन्ज–काँकडभिट्टा चल्ने सनम डिलक्स कम्पनीले लामो दूरीमा सवारी सञ्चालन गरेकाे छ । २० वटा सिटका लागि काउन्टर खुल्ला भए पनि शुक्रबार २ बजे सम्मको समयमा १० जना यात्रुले मात्रै टिकट काटेका छन् । दुई सिटको एक लहरमा एकजना मात्रै यात्रु राख्ने व्यवस्था व्यवसायीले गरेका छन् । बससेवा सञ्चालन भएपछि बस मर्मत गर्ने, सफा गर्ने कार्यसमेत व्यवसायीले गरेका छन् ।  

वीरगन्जबाट पूर्व–पश्चिमका विभिन्न रुटमा मात्रै एक सयभन्दा बढी सवारीसाधन छन् । सरकारले कोरोना संक्रमणका कारण चैत ११ देखि लकडाउन घोषणा गरेपछि सार्वजनिक यातायात बन्द गरिएको थियो । 

त्यसपछि सरकारले गत असारमा लकडाउन हटाए पनि सार्वजनिक यातायात सञ्चालन हुन सकेको थिएन । सवारीचालक तथा सहचालकले स्वास्थ्यका सबै उपायसहित सबै यात्रुलाई मास्क लगाएर मात्रै यात्रा गर्न दिइने जनाएका छन् । यात्रुसंख्याको आधारमा सवारीसाधन पनि बढाउने व्यवसायीको योजना छ।