१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज २ शुक्रबार १२:५६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धरान उपमहानगरपालिकाले सुरु गऱ्याे पूर्ण अनलाइन कर सेवा

Read Time : < 1 मिनेट
२०७७ असोज २ शुक्रबार १२:५६:००

धरान उपमहानगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सुरु गरेको छ । 

अब घरबाटै वा संसारको जुनै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजस्व तिर्न सकिने भएको छ ।

यो प्रणाली नेपालमै पहिलोपटक धरान उपमहानगरपालिकाले लागू गरेको उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । 

उपमहानगरमा जनता आफैँ उपस्थित भएर कर तिर्न कोरोनाको जोखिमलाई मध्यनजर गरी १ असोजदेखि  अनलाइन सेवा सुरु गरिएको अधिकृत खतिवडाले बताए । 

मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीको घरजग्गाको कर अनलाइनमार्फत तिरेर औपचारिक रूपमा सुरुवात गरिएको थियो ।