डोटी अस्पतालमा गरिएको परीक्षणमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा ३४ जना कोरोना संक्रमित थप भएका हुन् । परीक्षणमा २९ पुरुष र पाँच महिलामा संक्रमण भेटिएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
एक सय ७६ जनाको स्वाब परीक्षण गरिएकोमा ३४ जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
डोटीको केआईसिंह गाउँपालिकामा चारजना पुरुष, शिखर नगरपालिकामा सात पुरुष र एक महिला, दिपायल सिलगढी नगरपालिकामा पाँचजना पुरुष र अछामको साँफेबगर नगरपालिकाका १३ जना पुरुष र चारजना महिला गरी १७ जना संक्रमित भएका छन् ।