मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १ बिहीबार १५:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्ततः वामदेव गौतम राष्ट्रिय सभामा : आज शपथग्रहण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १ बिहीबार १५:१०:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनयन भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गरेको पत्रमा हस्ताक्षर गरेसँगै उनी सांसद भएका हुन् । अपराह्न ४ बजे राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई शपथ खुवाउने कार्यक्रम रहेको गौतमका स्वकीय दीपक टमाटाले जानकारी दिए ।

गौतमको शपथग्रहण कार्यक्रम अध्यक्ष तिमल्सिनाको कार्यकक्षमा हुने जनाइएको छ । 

गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको थियो ।  मंगलबार उक्त सिफारिसको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको थियो । 

बिहीबार राष्ट्रपतिले मनोनयन गरेको पत्र राष्ट्रिय सभा सचिवालयमा पठाएकाे छ । त्यसलगत्तै शपथग्रहण कार्यक्रम तय भएको हो । 

प्रत्यक्ष निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए ।