मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १ बिहीबार ११:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कालिकोट कोरोना संक्रमण मुक्त जिल्ला बन्यो

Read Time : < 1 मिनेट
२०७७ असोज १ बिहीबार ११:३२:००

कालिकोट कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । 

बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएसँगै कालिकोट कोरोना संक्रमण मुक्त जिल्ला बनेको हो ।

जिल्लाभर १ सय जनामा कोरोना संक्रमण देखिएकोमा सबै जना निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमिक्त ब्यवस्थापक कटकबहादुर महतले बताए । 

कालिकोटमा हालसम्म ५ हजार ६ सय ९० जनाको पिसिआर बिधिबाट स्वाव परीक्षण गरिएको र दुई हजार ६ सय ६१ जनाको आरडिटी बिधिबाट कोरोनाको परीक्षण गरिएकोमा एक सय जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमिक्त ब्यवस्थापक महतले जानकारी दिए ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये पचालझरना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा कोरोना संक्रमणका बिरामी भेटिएको महतले बताए । 

कालिकोटमा कोभिड–१९ को उपचारका लागि एक सय वेडको अस्पताल निर्माण भएको र कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिने उनले बताए ।