मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १७ आइतबार
  • Sunday, 01 August, 2021
२०७७ असोज १ बिहीबार ०९:४७:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ढोरपाटनका बाढी पीडित भन्छन् ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ (फोटोफिचर) 

Read Time : > 1 मिनेट
२०७७ असोज १ बिहीबार ०९:४७:००

गत भदौ १७ गते राती ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढीले ठुलो जनधनको क्षती गरायो । बाढीले घरगोठसँगै आफन्त पनि गुमाउनु परेकाले बाँचेकाहरुलाई यतिखेर सम्हालिन गाह्रो भएको छ । 

ढोरपाटन शिकार आरक्षको देउराली पहाड नजिकैबाट खसेको पहिरोले खोला थुनिएपछि भुजीखोलामा भिषण बाढी आयो  । त्यहि बाढीले २२ जनाको ज्यान लग्यो भने १६ जना अझै बेखवर छन् । ढोरपाटनबासीको छातिमा यतिबेला पहिरोले भन्दा ठूलो पीडाले चिरा पारेको छ ।

बाढिले ८० पूर्ण र  एक सय ३० भन्दा बढी घरमा आंशिक क्षति  पुर्याएको छ । ‘आफन्तसँगै घर नै बगरमा परिणत भयो, लाकुरीबोटका भिमबहादुर सुनारले भने, ‘आफन्तको आशा त मारियो नै, घरमा भएको सबै सम्पती खोलाले बगाउँदा मन समाल्न गाह्रो हुँदो रैछ । अहिले घरको नाम, निशाना छैन । बेला बेलामा त्यही ठाँउ हेर्न मन लाग्छ। तर के गर्ने ? मर्ने त मरी गए बाँच्नेलाई सम्हालिन गाह्रो भो ।’ 

बोबोङ क्षेत्रका बासिन्दाको अधिकाशं दोहोरो बस्ती छ । जाडो समयमा तल झर्छन त गर्मियाममा ढोरपाटन उपत्यकाका गोठमा घुम्ती बसाईका लागि गएका हुन्छन् । यदी घुम्ती बसाई नभएको भए अघिल्लो साताको बाढीले अझ ठुलो संख्यामा मानवीय क्षति हुन सक्ने ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरिबहादुर घर्तिमगरले बताए ।

वडा अध्यक्ष घर्तिले भने, ‘यदी दोहोरो बसाई नभएको भए हामीले झनै ठुलो मानवीय क्षती भोग्नुपर्ने थियो । ७ सय घरधुरीको दोहोरो बस्ती रहेको छ । जे नहुनु थियो भइगयो, यसलाई अब कसरी सामना गर्ने त्यो तर्फ लागेका छौं ।’ उनले हाललाई बाढिबाट विस्थापितका लागि एकिकृत बस्ती निर्माणका लागि कठिनाई भएको हुँदा जहाँ सुरक्षित स्थानमा जग्गा उपलब्ध हुन्छ पीडितका लागि त्यही घर बनाउने सोच गराएको बताए ।