मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ ३१ बुधबार १६:३४:००
Read Time : > 1 मिनेट
अर्थ

एप्पलले सार्वजनिक गऱ्याे सस्तो मूल्यको घडी, अमेरिकामा दुई सय ७९ डलर पर्ने  

Read Time : > 1 मिनेट
२०७७ भदौ ३१ बुधबार १६:३४:००

एप्पलले सस्तो मूल्यको घडी (स्मार्ट वाच) सार्वजनिक गरेको छ । कम्पनीले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विश्व अर्थतन्त्र कमजोर बनेको तथा बेरोजगारी दर बढेको तथ्यलाई मध्यनजर गर्दै सस्तो मूल्यको घडी तयार पारेको जनाएको छ । 

कम्पनीले कोरोना भाइरस सुरु भएपछिको अवस्थालाई मध्यनजर गर्दै आफ्नो दोस्रो सस्तो उत्पादन बजारमा ल्याएको हो । करिब पाँच महिनाअघि पनि सस्तो मूल्यको आइफोन सार्वजनिक गरेको थियो । 

एप्पलले बुधबार सार्वजनिक गरेको सस्तो मूल्यको एप्पल वाच एसई बजारमा भने आगामी शुक्रबारबाट मात्रै उपलब्ध हुनेछ । नेपाली बजारमा यो घडी आइपुग्न अझै केही समय लाग्नेछ । एप्पलको उत्पादनमध्ये एप्पल वाचले अहिलेसम्म आइफोनको लोकप्रियतालाई भेट्टाउन सकेको छैन । यद्यपि, स्मार्ट वाचको बजारमा भने एप्पल वाचले प्रभुत्व कायम गरेको छ । सस्तो मूल्य भनिएको एप्पल वाच एसईको मूल्य अमेरिकी बजारमा दुई सय ७९ डलर तोकिएको छ । एप्पलले अहिले एप्पल वाच करिब तीन सय ७७ डलरमा बेचिरहेको छ । 

नयाँ घडीमा धेरै नयाँ सुविधा थपिएको एप्पलले जनाएको छ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण भनेको घडीधनीको स्वास्थ्यबारे सम्पूर्ण जानकारी राख्नेछ । घडीले व्यक्तिको शरीरमा ‘ब्लड अक्सिजन’को अवस्था पनि देखाउनेछ । कोरोना भाइरस महामारी फैलिएपछिको अवस्थामा  उत्पादन गरेको घडीमा समावेश गरेको यो नयाँ सुविधा भएको एप्पलले जनाएको छ । 

ब्लडमा अक्सिजनको मात्रा देखाउने पहिलो घडी

अहिलेको अवस्थामा यो सुविधा निक्कै महत्वपूर्ण बन्दै गएको छ । कोरोना संक्रमण भए व्यक्तिको शरीरमा ‘ब्लड अक्सिजन’को मात्रा कम गराउने गर्छ । त्यसले सो व्यक्तिलाई श्वास–प्रश्वासमा समस्या हुने र सोही कारण मृत्यु हुनेसम्मको समस्या हुन्छ । महामारीको समयमा पनि सहयोगी हुने प्रविधि निर्माण गर्ने प्रयासमा एप्पलले प्रयोगकर्ताको शरीरमा ब्लड अक्सिजनको स्तरबारे जानकारी दिने गरी एप्पल वाच एसई उत्पादन गरेको जनाएको छ ।