१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ ३१ बुधबार ११:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट सप्तरीका एक पुरुषको धरानमा निधन

Read Time : < 1 मिनेट
२०७७ भदौ ३१ बुधबार ११:२८:००

कोरोना संक्रमित एक ३५ वर्षीय पुरुषको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार बिहान निधन भएको छ ।

उनी सप्तरी खडक नगरपालिकाका बासिन्दा रहेको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । 

उनी पहिलेदेखि नै मिर्गाैलासम्बन्धी र उच्चरक्तचापजस्ता दीर्घरोगबाट पीडित बनेको र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट कोरोना संक्रमण देखिएपछि रिफर भएर प्रतिष्ठानमा उपचारका लागि आएको प्रतिष्ठानले जनाएको छ । 

निधन भएका व्यक्तिमा २८ भदौमा कोरोना पुष्टि भएको र ३० भदौमा उनलाई प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा भर्ना गरिएको डा. सापकोटाले जानकारी दिए । 

उनले शवको नेपाली सेनाले व्यवस्थापनको तयारी गरिरहेको पनि जानकारी दिए ।