मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २९ सोमबार १७:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकका लागि एकीकृत योजना बनाएर लागू गर्नुपर्छ : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २९ सोमबार १७:५२:००

सिन्धुपाल्चोकमा बाढीपहिरोले निरन्तर जनधनको क्षति गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकाका लागि एकीकृत योजना बनाएर लागू गर्नुपर्ने बताएका छन् ।

सोमबार उनले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराउँदै भने, ‘हिजो बिहान बाह्रबिसे– ७ घुम्थाङ पुगेर पहिरोबाट भएको क्षतिबारे जानकारी लिएँ, स्थानीयसँग छलफल गरेँ । जम्बु, लिदी र घुम्थाङको पहिरोले सिन्धुपाल्चोकमा तत्काल विशेषज्ञद्वारा भौगर्भिक अध्ययन गरी एकीकृत योजना र मोडेल निर्माण गर्नुपर्ने देखिएको छ । सबैको ध्यानाकर्षण होस् ।’

आइतबार पनि उनले सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पुगेर एकीकृत योजनाको आवश्यक रहेको बताएका थिए । उनको भनाइ थियो, ‘सिन्धुपाल्चोकमा २४ असारदेखि कुनै न कुनै प्रकारका घटना घटिरहेका छन् । बाढीपहिरो दिनदिनैजस्तो आइरहेको छ । राहत, उद्धार, अस्थायी व्यवस्थापन गर्ने कुरा त छँदै छन्, तर अब संघीय सरकारकै तर्फबाट, विशेषज्ञता हासिल गरेको टोलीले तत्काल अध्ययन गर्ने र त्यो अध्ययन प्रतिवेदन सीधै प्रधानमन्त्री कार्यालयमा पेस गर्ने र त्यहीँबाट नै निर्देशित गरेर आवश्यक सबै परिचालन गरेर सिन्धुपाल्चोक जिल्लाको एकीकृत मोडेल र एकीकृत योजना निर्माण गर्नुपर्ने आवश्यकता देखियो । किनभने यो सामान्य प्राकृतिक प्रकोपजस्तो भएन । गम्भीर, असाधारण प्रकृतिको भयो ।’