कोभिड– १९ बाट विश्वमा नौ लाख २८ हजारभन्दा बढीको मृत्यु, सबैभन्दा धेरै क्षति व्यहोर्ने यी हुन् १० राष्ट्र
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सोमबारसम्ममा कोरोना भाइरस संक्रमणबाट विश्वभर नौ लाख २८ हजार तीन सय ४० जनाको मृत्यु भएको जानकारी दिएको छ । यस्तै, संगठनका अनुसार विश्वमा संक्रमितको संख्या दुई करोड ९१ लाख ८९ हजार ६ सय ५५ जना पुगेको छ भने दुई करोड १० लाख ३१ हजार सात सय ६८ व्यक्ति कोरोनामुक्त भएका छन् ।
हाल विश्वमा ७२ लाख २९ हजार सात सय ४७ संक्रमितको उपचार भइरहेको पनि संगठनले जानकारी दिएको छ । संक्रमितहरूमध्ये ६० हजार पाँच सय ११ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिका
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्ष डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश देशको डब्ल्युएचओद्वारा प्रकाशित तथ्यांक यस्तो छ ।
अमेरिका : अमेरिकामा ६७ लाख आठ हजार चार सय ५८ जना कोरोना संक्रमित रहेका छन् । यहाँ ३९ लाख ७४ हजार नौ सय ४९ जना कोरोनाबाट मुक्त भएका छन् भने एक लाख ९८ हजार पाँच सय २० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारत : भारतमा ४८ लाख ४६ हजार चार सय २७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३७ लाख ८० हजार एक सय सातजना कोरोनामुक्त भएका छन् भने ७९ हजार सात सय ५४ जनाको मृत्यु भएको छ ।
ब्राजिल : ब्राजिलमा ४३ लाख ३० हजार चार सय ५५ जना कोरोना संक्रमित रहेका छन् । यहाँ ३५ लाख ७३ हजार नौ सय ५८ जना कोरोनामुक्त भएका छन् भने एक लाख ३१ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।
रुस : रुस १० लाख ६२ हजार आठ सय ११ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ आठ लाख ७६ हजार दुई सय ५५ जना कोरोना भाइरसमुक्त भएका छन् भने १८ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ ।
पेरू : पेरूमा सात लाख २९ हजार ६ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ६६ हजार सात सय ९६ जना कोरोनामुक्त भएका छन् भने ३० हजार सात सय १० जनाको मृत्यु भएको छ ।
कोलम्बिया : कोलम्बिया सात लाख १६ हजार तीन सय १९ जनामा कोरोना संक्रमण दखिएको छ । यहाँ पाँच लाख ९९ हजार तीन सय ८५ कोरोनामुक्त भएका छन् भने २२ हजार नौ सय २४ जनाको मृत्यु भएको छ ।
मेक्सिको : मेक्सिकोमा ६ लाख ६८ हजार तीन सय ८१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ७१ हजार ६ सय २३ जना कोरोनामुक्त भएका छन् भने ७० हजार आठ सय २१ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिका : दक्षिण अफ्रिकामा ६ लाख ४९ हजार सात सय ९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ७७ हजार नौ सय ६ जना कोरोनामुक्त भएका छन् भने १५ हजार चार सय ४७ जनाको मृत्यु भएको छ ।
स्पेन : स्पेनमा सात लाख ७६ हजार ६ सय ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार सात सय ४७ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना : अर्जेन्टिनामा पाँच लाख ५५ हजार पाँच सय ३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख १९ हजार पाँच सय १३ जना कोरोनामुक्त भएका छन् भने ११ हजार तीन सय ५२ जनाको मृत्यु भएको छ ।