मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २० आइतबार ११:०१:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रगतिशील लेखक संघ लमजुङमा अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २० आइतबार ११:०१:००

प्रगतिशील लेखक संघ लमजुङको अध्यक्षमा वसन्त अधिकारी चयन भएका छन् । बेँसीसहरमा शनिबार भएको संघको दोस्रो अधिवेशनले अधिकारीको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्णकुमारी रिमाल, सचिवमा संगीता खत्री र कोषाध्यक्षमा रघुनाथ घिमिरे छन् । सदस्यहरूमा कमला केसी, बेनबहादुर सुयेल, प्रेमबहादुर भट्टराई, स्थीर घिमिरे, काजीराम बस्नेत, तीर्थ गुरुङ, सम्झना चिलुवाल, शोभा थापा र मनराम गुरुङ निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक राजेन्द्र बोहोराले जानकारी दिए ।

अधिवेशनको गण्डकी प्रदेश सभा सदस्य धनन्ञ्जय दवाडीले उद्घाटन गरेका थिए । सो क्रममा उनले लेखनकार्यलाई जनपक्षीय बनाउन र प्रगतिशील आचारणमा रहन आग्रह गरे । प्रगतिशील विचारलाई जिल्लाको कुना कुना पुर्‍याउन संघले रचनात्मक कार्यक्रम  गर्नुपर्ने उनले सुझाब दिए । प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष कृष्णराज अधिकारीले प्रगतिशील धार बचाउन लेखक लग्नुपर्न जोड दिए ।