मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ १ शनिबार
  • Saturday, 15 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २७ शनिबार २०:२०:००
Read Time : < 1 मिनेट
समाचार

गणेशमान सिंहको स्मृति दिवसमा रक्तदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २७ शनिबार २०:२०:००

कांग्रेसका संस्थापक नेता एवं ०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंहको २३औँ  स्मृति दिवसको अवसरमा काठमाडौंको सामाखुसीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कांग्रेस टोखा नगरपालिका– १० ले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

नेपाल तरुण दल काठमाडौं जिल्ला सदस्य एवं प्रशिक्षण विभाग प्रमुख दीपक थापाकाे संयोजनमा भएको कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा कांग्रेस जिल्ला सभापति कृष्णसबुज बानियाँ, बागमती प्रदेश सांसद जीवन डंगोल, टोखा नगरपालिका– १० का एकाइ सभापति तेजप्रसाद सेढाईं, कांग्रेस ताकेश्वर नगरपालिका सभापति श्रीकृष्ण थापा, नेपाल रेडक्रस काठमाडौं जिल्ला उपसभापति कमल नकर्मीलगायतको सहभागिता रहेको थियो ।