मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २७ शनिबार १४:००:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निषेधाज्ञामै सिराहामा बढ्यो चहलपहल (फोटोफिचर)  

Read Time : < 1 मिनेट
२०७७ भदौ २७ शनिबार १४:००:००

जिल्लाका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय सिराहाले निषेधाज्ञा लगाएको भए पनि स्थानीय हाटबजारमा चहलपहल बढ्न थालेको छ । 

सिराहाको मुख्य बजार लहानमा बजार–पसल बिस्तारै खुल्न थालेका छन् भने लामो तथा छोटो दूरीमा चल्ने भाडाका सवारीसाधनबाहेक बजार क्षेत्रमा अटोरिक्सा र  टेम्पो चल्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लोपटक  १५ भदौदेखि २७ भदौ मध्यरातसम्म एम्बुलेन्ससहित दूध, तरकारी, खाद्यान्न बोक्ने सवारीसाधन र जरुरी कामका मोटरसाइकलबाहेक अन्य साधन निषेध गरेको भए पनि भाडाका यात्रुबाहकबाहेकका सवारीसाधन गुड्न थालेका छन् । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम २७ भदौ राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेक हिँडडुलसमेत गर्न नपाउने गरी आदेश गरेको भए पनि बिस्तारै चहलपहल बढ्न थालेको हो ।

त्यसअघि जिल्ला प्रशासनले समुदायस्तरमा फैलिन थालेको कोरोना संक्रमण न्यूनीकरण गर्न गत ३२ साउनदेखि १५ भदौको मध्यरातसम्म निषेधाज्ञा जारी गरेको थियो । 

प्रशासनले लगाएको निषेधाज्ञा अवधिमा जिल्लाका बैंक तथा वित्तीय संस्थाहरू शनिबारबाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म सञ्चालन हुँदै आएका छन् । जिल्ला प्रशासन कार्यालयले शनिबार मध्यरातसम्मका लागि लागू गरेको निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा कुनै निर्णय सार्वजनिक गरेको छैन ।