१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार १६:४९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप पाँचजनाको मृत्यु, हालसम्म देशभर तीन सय २२ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार १६:४९:००

कोरोना संक्रमणबाट २४ घन्टाभित्र थप पाँचजनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार संक्रमणबाट चार पुरुष र एकजना महिलाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसमेत नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय २२ पुगेको छ ।