मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २६ शुक्रबार ०६:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दिगो ग्रुपद्वारा तीनवटा विद्युतीय व्यावसायिक गाडी सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २६ शुक्रबार ०६:१७:००

दिगो ग्रुप अफ कम्पनिजले तीनवटा विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले विश्व विद्युतीय सवारीसाधन दिवस (वल्र्ड इभी डे) को अवसर पारेर बस, मिनिबस र माइक्रोबस सार्वजनिक गरेको हो । 

कम्पनीले ‘उत्सर्जनशून्य’ भविष्यको लक्ष्य हासिल गर्न दिगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्ने योजना बनाएको जनाएको छ । यसका लागि सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङलगायतका कम्पनीसँग सहकार्य गरिरहेको कम्पनीले जनाएको छ । 

सवारीसाधन सार्वजनिक गर्दै दिगोका सिइओ हेमन्त पुरानिकले नेपालमा बढ्दो वायु प्रदूषणलाई सम्बोधन गर्न इ–मोबिलिटी स्थायी र अनिवार्य विकल्प रहेको बताए । नेपालमा विद्युतीय सवारीसाधन अंगीकार गर्ने परिपाटीलाई गति दिन दिगो ग्रुप अफ कम्पनिजले आफ्नो प्रयासलाई पूर्णस्तरको इ–मोबिलिटी इकोसिस्टम विकाससँग एकाकार गराएको उनको भनाइ थियो । 

दिगो इ–बस
दिगो इ–बस प्रिमियम विद्युतीय बस हो । यसमा एबिएस, भेन्टिलेसन फ्यानसहितको रुफ ह्याच, स्टेर लाइट, प्रोटेक्सन बार, एलइडी रुट बोर्ड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी३ प्लस रेडियो, चार्जिङ रिसेप्टेकल, एयर कन्डिसनर, हेड रेललगायत समावेश रहेको कम्पनीको दाबी छ । ७० जनासम्म बोक्न मिल्ने बनाउन सकिने यो बसमा आगो निभाउने फायर एक्सटिंग्विसर, सेफ्टी ह्याम्मर (चारवटा), पछिल्लो भागमा क्यामरा, ढोकाको अनुगमन गर्ने प्रणालीजस्ता उपकरण रहेको कम्पनीको दाबी छ । यसको प्रारम्भिक मूल्य १ करोड २६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । 

दिगो इ–६ (मिनिबस)
दिगो इ–६ मिनिबस सुविस्ता, सुविधा र बसभित्र उपलब्ध हुने अन्य सम्पूर्ण व्यावहारिक विशेषताको मिश्रण रहेको कम्पनीको दाबी छ । यसमा २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित तथा आरामदायी यात्राको अनुभव दिलाउन सकिने जनाइएको छ । 

पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारीसाधन रहेको कम्पनीको दाबी छ । यसको प्रारम्भिक मूल्य ९० लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

दिगो डाँफे (माइक्रोबस)
११ सिटको दिगो डाँफे डिजाइन, सुविधा र विश्वसनीयताको प्रतीक रहेको कम्पनीको दाबी छ । यो गाडी फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलका लागि उत्तम विकल्प रहेको कम्पनीको दाबी छ । यसको प्रारम्भिक मूल्य ४४ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।