मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २६ शुक्रबार ०९:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोटीमा जिप दुर्घटना हुँदा १० घाइते

Read Time : < 1 मिनेट
२०७७ भदौ २६ शुक्रबार ०९:०९:००

डोटीको पूर्वीचौकी गाउँपालिका- १ शान्तिनगरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट अछामका लागि छुटेको से.१ज १०६६ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । 

अछामको मल्लेक गाउँपालिकाका स्थानीय चढेको उक्त जिप  बिहान दुर्घटना भएको हो । उनीहरू भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका थिए ।

जिप सडकबाट करिब सय मिटर तल  खसेकाे छ ।घाइतेहरूको उद्धार कार्य जारी छ । उनीहरूलाई जिल्ला अस्पताल डोटीमा ल्याइँदै छ । घाइतेमध्ये दुईकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाकाे कारण खुलेकाे छैन ।