Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ २५ बिहीबार १७:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिप्रति डा. केसीको आपत्ति

Read Time : < 1 मिनेट
२०७७ भदौ २५ बिहीबार १७:२२:००

प्राडा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएका छन् । डा. केसीले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै वरिष्ठताको आधार भत्काएर कार्यकारी निर्देशक नियुक्ति गरिएकोमा आपत्ति जनाएका हुन् । केसीले यो नियुक्तिलाई कार्यकर्ता भर्तीको संज्ञा दिएका छन् । 

मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले अर्थोपेडिक सर्जन प्राडा दिनेश काफ्लेलाई अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । जुम्लामा रहेका केसीले त्यहीबाट विज्ञप्ति सार्वजनिक गर्दै परिषद्को निर्णयप्रति आपत्ति जनाएका हुन् । उनले यो नियुक्ति स्वीकार्य हुन नसक्ने बताएका छन् । ‘त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता भर्ती गरिएको समाचार आएको छ । सो नियुक्ति हामीलाई कुनै हालतमा स्वीकार्य छैन,’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसअघिको डिन नियुक्ति नै स्थापित वरिष्ठताको आधार भत्काएर गरिएकाले सो नियुक्ति सच्याउँदै बाँकी सबै पदको नियुक्ति वरिष्ठताका आधारमा गर्न हामीले बारम्बार माग राख्दै आएका थियौँ । यसरी सबै पदमा पार्टी कार्यकर्ता भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पतालजस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धराशायी हुने निश्चित छ ।’ 

डा. केसीले यसरी नियुक्त भएका मानिस संस्थाप्रति नभई आफूलाई नियुक्त गर्ने पार्टीप्रति बफादार हुने तथा ठेक्कापट्टाको धाँधलीबाट पार्टीलाई धनी बनाउने र संस्थालाई पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउनेबाहेक अरू काम नहुने निश्चित भएको आरोपसमेत लगाएका छन् ।