मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ भदौ २५ बिहीबार १७:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरमा सार्वजनिक यातायात तत्काल सञ्चालन नहुने

Read Time : < 1 मिनेट
२०७७ भदौ २५ बिहीबार १७:१२:००

भक्तपुर नगरपालिकाले तत्कालै सार्वजनिक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबारदेखि जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन भएका छन् । तर, भक्तपुर नगरभित्रका यातायात व्यवसायीसँग छलफल गरी ३१ भदौसम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरिएको भक्तपुरका मेयर सुनील प्रजापतिले जानकारी दिए । 

कोरोना भाइरसको महामारी फैलिँदो क्रममा रहेकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तत्काललाई सार्वजनिक सवारीसाधन बन्द गर्न व्यवसायीसमेत सहमत भएका छन् । हाल नगरपालिका क्षेत्रमा दुई सय १३ जनाभन्दा धेरै संक्रमित छन् । 

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने १६ जनाभन्दा बढी सिटका गाडीलाई जोर–बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिने आदेश जारी गरेको थियो । नगरपालिकाले छोटो दूरीमा सञ्चालन हुने यातायात तत्काल सञ्चालन नगर्ने निर्णय गरेको मेयर प्रजापतिले बताए । उद्योग व्यवसाय भने पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी प्रशासनको आदेशअनुसार सञ्चालन गर्ने निर्णय भएको छ ।