समाचार
डिजिटल संस्करण
एसिडपीडितको उपचारको खर्च, शिक्षा र जीविकोपार्जनको जिम्मा सरकारले लिन्छ : प्रधानमन्त्री
Read Time : < 1 मिनेट
२०७७ भदौ २५ बिहीबार १५:४९:००
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारबाट पीडित बनेकाहरूको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने बताएका छन् ।
एसिडपीडितहरूसँग बालुवाटारमा भएको भेटमा उनले पीडितहरूको शिक्षा र जीविकोपार्जनको जिम्मा पनि सरकारले लिने बताए ।
उनले पीडितहरूको उपचार, शिक्षा र जीविकोपार्जनको सम्पूर्ण जिम्मा लिन कर्मचारीहरूलाई निर्देशन पनि दिए ।
साथै प्रधानमन्त्री ओलीले एसिड प्रहारको घटनामा संलग्न पीडकको सम्पत्ति रोक्का गरी पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने कानुनको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए ।
उनले शारीरिक, मानसिक, सामाजिकलगायतका बहुपक्षीय दुष्प्रभाव पार्ने यस्ता घटना न्यूनीकरणका लागि सरकार कठोर भएर लाग्ने पनि बताए ।