मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २५ बिहीबार १४:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेल्जियमको राजदूतमा सिफारिस राजभण्डारीविरुद्ध संसदीय समितिमा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २५ बिहीबार १४:२१:००

बेल्जियमका लागि राजदूतमा सिफारिस भएका गेहेन्द्र राजभण्डारीविरुद्ध संसदीय सुनुवाइ समितिमा तीन आरोपसहित परराष्ट्रकै कर्मचारीले उजुरी हालेका छन् ।

उजुरीमा सहसचिव भइसकेपछि पनि जापानमा उपसचिवकै दरबन्दीमा बसेर काम गरेको, आयकर नतिरेर महालेखाले बेरुजु देखाएको र नियमविपरीत परिवारका सदस्यको सरकारी रकमबाट उपचार बिमा गराएको उल्लेख छ ।

संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस भएकामाथि कुनै उजुर भए दिन माग गरेको थियो । सोहीअनुसार राजभण्डारीमाथि तीनवटा आरोपसहित उजुरी परेको समितिका एक सदस्यले बताए ।

सुनुवाइ समितिले बिहीबार प्रस्तावित राजदूतमाथि परेकाे उजुरी खाेलेर सुनुवाइ गरिरहेकाे छ ।

बेल्जियम र युराेपियन युनियन, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतकाे पदमा प्रस्तावित व्यक्तिहरूमाथि परेकाे उजुरीमाथि समितिले सुनुवाइ गरिरहेकाे छ। 

मेरो प्रगतिको रिस गर्नेहरूले उजुर गरे : राजभण्डारी

राजभण्डारीले संसदीय सुनुवाइ समितिमा परेको उजुरीको खण्डन गरेका छन्। उनले आफूविरुद्धको उजुरी असत्य भएको बताए ।

उजुरी परेकाे सम्बन्धमा समितिले प्रस्तावित राजदूतसँग प्रश्न गरेकाे थियाे । 

‘म परराष्ट्र सेवामा आएको ११ वर्ष भयो । उजुरी हेर्दा छक्क परेको छु, चकित छु। प्रगतिको इर्ष्या गरेकोजस्तो लाग्यो । मैले कुनै गडबडी गरेको छैन ।