Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २५ बिहीबार १२:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङको ताराखोलामा चट्याङ लागेर एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ भदौ २५ बिहीबार १२:५७:००

जिल्लाको ताराखोला गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बुधबार राति वर्षासँगै परेको चट्याङ लागेर ताराखोला गाउँपालिका– ३ फिलमिरेका २२ वर्षीय भीमबहादुर बस्नेतको मृत्यु भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । घरमै सुतिरहेको अवस्थामा चट्याङ परेपछि बस्नेतको घटनास्थलमै ज्यान गएको  अध्यक्ष घर्तीले बताए । 

चट्याङले लागेर सोही स्थानका ३२ वर्षीय सुरेश थापा र वडा नम्बर ३ कै बराहखोला छमईका ध्रुव कँडेल घाइते भएका छन् । घाइते दुवै स्थानीय क्लिनिकमा उपचारपछि घर फर्किएका छन् । मृतक भीमबहादुरको शव पोस्टमार्टमका लागि गल्कोट प्राथमिक स्वास्थ केन्द्र हरिचौर लगिएको प्रहरीले जनाएको छ ।

बुधबार रातिको भारी वर्षाका कारण ताराखोला– ५ मपेश खोलाबाट आएको बाढीले खेतीयोग्य जमिनसँगै पाँचवटा झोलुंगेपुलमा क्षति पुर्‍याएको छ । वडा नम्बर ५ को कमखोला घाट झोलुंगेपुल, वडा नम्बर ४ को मिच्चेक घाट झोलुंगेपुल र दोगाडी घाट झोलुंगेपुल बगाएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए । 

बाढीले ताराखोला जलविद्युत् प्रसारण लाइनका पोलहरूसमेत बगाएकाले विद्युत् अवरुद्ध भएको छ । वडा नम्बर ४ को दलानचौरमा रहेको काठको अस्थायी मोटरेबल पुलमा समेत क्षति पुर्‍याएकाले ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पनि अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । बाढीले वडा नं. ५ को खानेपानीको मुहान बगाउनुका साथै ठाउँठाउँमा सडकमा क्षति पुर्‍याएको छ ।