मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ भदौ २४ बुधबार १३:३४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समयमै तलब नपाएको भन्दै शिक्षकद्वारा आन्दोलन

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ भदौ २४ बुधबार १३:३४:००

सामुदायिक विद्यालयमा कार्यरत अनुदान शिक्षकलाई सरकारले समयमै तलब नदिएपछि शिक्षकले आन्दोलन गरेका छन् । सरकारले हरेक आर्थिक वर्ष सुरुवात हुनुअगावै स्थानीय तहलाई एकमुष्ठ पारिश्रमिकबराबरको रकम निकासा गर्ने भए पनि चालू आर्थिक वर्षमा बजेट निकास नहुँदा शिक्षकले तलब खान नपाएको बताए ।

‘तलब नपाएको विषयमा पटकपटक सम्बन्धित निकायसँग समस्या अवगत गराउँदासमेत कुनै सुनुवाइ भएन,’ उनले भने, ‘अहिले देशैभरिका शिक्षक कोरोना कहरका वेला बाध्य भएर आन्दोलन गर्नुपरेको छ ।’  कोरोना कहर चलिरहेका वेला उनीहरूले पारिश्रमिक नपाएपछि समस्यामा मात्रै नभई मानसिक तनाव भोग्नुगरेको छ । 

शिक्षक सिकाइ सहयोग अनुदान कोठामा कार्यरत शिक्षकले चालू शैक्षिक सत्र ०७७ देखि तलबबापतको पारिश्रमिक पाएका छैनन् । सहकर्मी अन्य शिक्षकले तलब पाए पनि अनुदानका शिक्षकले तलब नपाएपछि उनीहरू मारमा परेका हुन् । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि मावि तहमा अंग्रेजी, गणित र विज्ञान विषयमा विषयत शिक्षक भर्ना गरेको थियो । 

अनुदान कोटामा कार्यरत शिक्षक केशव साउदले चालू शैक्षिक सत्रदेखि तलब नपाएर समस्यामा परेको बताए । ‘अनुदान कोटामा कार्यरत हाम्रा शिक्षकले गत वैशाखदेखि तलब पाएका छैनन्,’  उनले भने, ‘तलब नपाएपछि दैनिक समस्या खेप्नुपरेको छ ।’ 

शिक्षक सिकाइ सहयोग अनुदान शिक्षक जिल्ला संघर्ष समिति कञ्चनपुरले मंगलबार शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा तलब नपाएको विषयमा तालाबन्दी र धर्ना गरेको छ ।

शिक्षक सिकाइ सहयोग अनुदान शिक्षक जिल्ला संघर्ष समिति कञ्चनपुरका अध्यक्ष बलवीरसिंह भण्डारीले तलब नपाएकै कारण बाध्य भएर कार्यालयमा तालाबन्दी गरिएको बताए ।

‘हामीले तलबको विषयमा स्थानीयदेखि केन्द्रसम्म घचघच्याएका थियौँ,’ उनले भने, ‘अहिलेसम्म कुनै सुनुवाइ नभएन, न कुनै आधिकारिक निकायबाट पहल भयो ।’ बाध्यतावश तालाबन्दी गरिएको बताउँदै उनले यसअघि पालिका र शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि तालाबन्दी गरिएको बताए । ‘अहिले हामीले अनिश्चिकालीन तालाबन्दी आन्दोलन गरेका छौँ,’ उनले भने, ‘यथाशीघ्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ ।’