Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ भदौ २४ बुधबार १०:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बारा, पर्सा र रौतहटमा थप ३७ जनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७७ भदौ २४ बुधबार १०:४४:००

बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा ३७ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार संक्रमित ३७ जनामध्ये नाे महिलासहित रौतहटका २२ जना, बाराका नाैजना र  पर्साका ६ जना छन् । जसमा ४ वर्षदेखि ६७ वर्षका उमेरका छन् ।

यस्तै, पर्साका ६ जनामा वीरगन्ज महानगरपालिकाका र पर्साको पटेर्वासुगौली गाउँपालिकाका रहेका छन् ।  रौतहटका २२ जना संक्रमित दुर्गा भगवती गाउँपालिकाका हुन् ।

यसैगरी बाराको कोल्भी, कलैया उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, बारागढी गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

योसँगै पर्सामा हालसम्म दुई हजार चार सय २० जना कोरोना संक्रमित भएका छन् । त्यसमध्ये एक हजार पाँच सय २९ जना निको भइसकेका छन् ।

यस्तै पर्साका मात्रै हालसम्म ४२ जनाको कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।