१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ २३ मंगलबार १४:२७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत र चीन जोड्ने सबैभन्दा छोटो ओलाङचुङगोला मार्गको  ट्रयाक जोडिन पाँच किलोमिटर बाँकी 

Read Time : > 1 मिनेट
२०७७ भदौ २३ मंगलबार १४:२७:००

भारत र चीनलाई जोड्ने नेपालकै सबैभन्दा छोटो उत्तर दक्षिण ओलाङचुङगोला सडकको ट्रयाक जोडिन अब पाँच किलोमिटर मात्र बाँकी रहेको छ । 

पूर्वको समृद्धिको ढोका मानिएको उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्गको काम धमाधम भइरहेको छ । कोभिड १९ को प्रभाव विश्वभरि परिरहँदा पनि अहिले फक्ताङलुङ गाउँपालिका ६ लेलेपको फेदीखोलाको खोचमा ट्रयाक खन्ने काम भइरहेको उत्तर–दक्षिण ओलाङचुङगोला कार्यालयका सूचना अधिरकारी तथा इन्जिनियर सञ्जीवकुमार गुप्ताले बताए ।  

इन्जिनियर गुप्ताले अब आउने पाँच किलोमिटर ट्रयाक खन्न भने ठुल्ठूला चट्टान भएका कराण ढिला हुने बताए । उनले ब्लाष्टिङ गर्न निवेदन दिएको र नेपाली सेनाले सो कार्य गर्नुपर्ने भएका कारण समस्या भएको बताए । उता,अबको क्षेत्रमा कञ्चनजंघा संरक्षण क्षेत्रको वन क्षेत्र परेको र ६ सय ३८ वटा रूख कटान गर्नुपर्ने भएकाले सिफारिस गरिसके पनि मन्त्रिपरिषदबाट कटान आदेश पारित भएर आउन ढिला भएको गुप्ताले बताए । 

चीन र नेपालको सिमाना टिप्ताला भञ्ज्याङबाट आलाङचुङगोला २३ किलोमिटर सडक तीन वर्षअघि स्थानीयको पहलमा खनिसकिएको छ । ताप्लेजुङ जिल्ला मात्र नभएर उत्तरमा रहेको छिमेकी देश चीन र दक्षिणमा रहेको देश भारतलाई जोड्ने देशकै छोटो मार्गमा रूपमा परिचित यो सडक चालू आर्थिक ०७७/७८ मा वर्षभरिमा ट्रयाक खोल्ने  काम सकिने बताइएको छ । लोकमार्ग खुलेपछि ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, भोजपुर, संखुवासभालगायत पूर्वको समृद्धिसँग यो सडकले महत्वपूर्ण काम गर्ने बताइएको छ । 

तमोर करिडोर सडक अर्थात् उत्तर–दक्षिण ओलाङचुङगोलामा पर्ने तमोर करिडोरलाई चालू आर्थिक वर्षमा एक अर्ब १० करोड रुपैयाँ विनियोजन भएको भए पनि मध्यपहाडी लोकमार्गमा ९० करोड रुपैयाँ गएको छ । 

भारतको सिमाना विराटनगर रानि भन्सारबाट ताप्लेजुङको टिप्ताला भञ्ज्याङ तीन सय ४ किलोमिटर दूरी रहेको उत्तर–दक्षिण ओलाङचुङगोला सडक कार्यालयका सूचना अधिकारी सञ्जीव गुप्ताले बताए ।  

उता, कोसी राजमार्ग अर्थात् भारतको सिमाना विराटनगरको रानिभञ्सार देखि किमाथांकासम्म पुग्न तीन सय १४ किलोमिटर रहेको छ । तर, किमाथांकादेखि चीनको बजार रिउ पुग्न ६० किलोमिटर लाग्छ भने ताप्लेजुङको टिप्ताला भञ्ज्याङबाट २८ किलोमिटिर रहेको फक्ताङलुङ गाउँपालिका ताप्लेजुङका अध्यक्ष सरोज एभेङले बताए ।