मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २२ सोमबार १६:१४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : आज १७ सय ३६ जना संक्रमणमुक्त, थप नौ सय ७९ जनामा संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २२ सोमबार १६:१४:००

पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ सय ७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा नाै हजार दुई सय १८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार दुई सय ३६  पुगेको छ ।

त्यसैगरी विगत २४ घन्टामा १७ सय ३६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भइसकेका छन् ।

संक्रमणमुक्त हुने दर सोमबारसम्म ६५ प्रतिशत रहेको गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या भने १६ हजार दुई सय ५९ छ ।

संक्रमितमध्ये होम आइसोलेसनमा सात हजार एक सय ९० जना र संस्थागत आइसोलेसनमा नौ हजार ६९ जना छन् ।

उपचाररत संक्रमितमध्ये एक सय ७१ जनाको आइसियूमा र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए ।