१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २२ सोमबार १४:०४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सात हजार दुई सय १८ पुग्यो

हजार भन्दा धेरै संक्रमित रहेका जिल्लाको संख्या तीन

Read Time : > 1 मिनेट
२०७७ भदौ २२ सोमबार १४:०४:००

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सात हजार दुई सय १८ नाघेको छ । यहाँका तीन जिल्लामा संक्रमितको संख्या एक हजारभन्दा बढी छ । प्रदेशमा संक्रमितमध्ये एक हजार सात सय १७ जना उपचाररत छन् । यस प्रदेशमा कोरोना संक्रमित ४१ जनाको मृत्यु भएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार यहाँ निको हुनेको संख्या पाँच हजार चार सय ५८ छ ।  प्रदेशमा सबैभन्दा बढी रुपन्देही जिल्लामा संक्रमित भेटिएका छन् । रुपन्देहीमा संक्रमितहरूको संख्या एक हजार तीन सय १८ पुगेको छ । जसमध्ये हाल उपचारमा ६ सय ५८ जना रहेका छन् । 

कुन जिल्लामा कति छन् संक्रमित ?
प्रदेशमा सबैभन्दा धेरैै रुपन्देहीमा एक हजार तीन सय १८ जना संक्रमित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाँकेमा एक हजार दुई सय ५४, कपिलवस्तुमा एक हजार एक सय ५९ जना रहेका छन । त्यस्तै, दाङमा आठ सय ४०, पाल्पामा ६ सय नाैजना संक्रमित रहेका छन् । त्यस्तै  प्युठानमा चार सय ६०,  गुल्मीमा चार सय २० र  बर्दियामा चार सय  आठ रहेका छन् । अर्घाखाँचीमा तीन सय ७१, नवलपरासी पश्चिममा दुई सय ७२,  रोल्पामा ८२ र रुकुम पूर्वमा २५ जनामा कोरोना संक्रमण देखिएकाे छ । यस प्रदेशमा पिसिआर परीक्षणका लागि संकलन गरिएको एक लाखजनाको स्वाबमध्ये साढे तीन हजारजनाको परीक्षणकोे प्रक्रियामा छ । 

होम आइसोलेसनमा एक हजार

प्रदेश ५ मा कोरोना संक्रमितमध्ये झन्डै एक हजारजना होम आइसोलेसनमा बसेका छन् । सबैभन्दा बढी संक्रमित भएकाे रूपन्देहीका धेरै होम आइसोलेसनमा छन् । प्रदेश स्वस्थ्य निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालका अनुसार रुपन्देहीका ६ सय १५ जना होम आइसोलेसनमा छन् । तीमध्ये तीन सय ९७ जना उपचाररत छन् । 

त्यस्तै कपिलवस्तुमा दुई सय ३२ जना होम आइसोलेसनमा छन् । नवलपरासी पश्चिममा एक सय ११ जना, पाल्पामा १४ र अर्घाखाचीमा नाैजना होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहेकामध्ये २६ जना लक्षणसहितका संक्रमित भएकाे अधिकारीले जानकारी दिए ।