१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २२ सोमबार १३:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा जिप दुर्घटना, पाँच घाइते, तीनको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
२०७७ भदौ २२ सोमबार १३:२७:००

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ६ मा पर्ने रुखबाडामा साेमबार जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

पाँचजना यात्रु बोकेर खदाङ बजारबाट फुल्चिङतर्फ जाने क्रममा बिहान साढे दश बजे लु.१ज ४२२९ नम्बरको को जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेका पाँचमध्ये तीनजनाको अवस्था गम्भीर रहेकोे प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका– ५ बस्ने २४ वर्षका जिपचालक रामबहादुर रोकाय, सोही स्थानका २५ वर्षका सवारीधनी नरबहादुर रोकाय, वडा नं. ६ का लोकचन्द्र विक, सोही स्थानका हिरा विक र मीना पुन रहेको प्रजिअ सुनारले बताए ।

चालक रोकाय, सवारीधनी नरलाल रोकाय र लोकचन्द्र बविकको हातखुट्टा भाँचिनुका साथै छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रजिअ सुनारले जानकारी दिए । 

अन्य दुईजनाको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये हिरा विक गर्भवतीसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पातर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि जिल्लाबाहिर लैजान हेलिकाेप्टर झिकाउने पहल भइरहेको वडा नं. ६ का अध्यक्ष धर्मजित रोकायले जानकारी दिए ।