१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ भदौ २२ सोमबार १२:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

संक्रमित श्रीमती भेट्न गएका श्रीमानसहित परिवारका तीनजनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ भदौ २२ सोमबार १२:०४:००

कोरोना संक्रमित श्रीमतीलाई भेट्न गएका श्रीमानसहित एकैघरका थप तीनजनामा कोरोना देखिएको छ । 

भदौ दोस्रो साता संक्रमित श्रीमती भेट्न गएका श्रीमानसहित घरका तीन सदस्यमा कोरोना संक्रमण देखिएको छ । 

‘संक्रमित स्वास्थ्यकर्मीलाई भेट्न गएका श्रीमानसहित तीनजनाको स्वाब संकलन गरिएको थियो,’ शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले  भने, ‘संक्रमित स्वास्थ्यकर्मीका तीनजना परिवारका सदस्यमा कोरोना देखियो ।’ 

शुक्लाफाँटा नगरपालिका– ११ घर भएकी २२ वर्षीया कैलालीमा कार्यरत स्वास्थ्यकर्मी महिलालाई कोरोना देखिएको थियो । 

दुई साताअघि ती स्वास्थ्यकर्मी महिलालाई कोरोना देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारार्थ राखिएको थियो । २२ वर्षीया स्वास्थ्यकर्मी महिलाका २६ वर्षीय श्रीमान्, ५० वर्षीया जेठीसासू र ८२ वर्षीया बज्यैसासूलाई संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए ।

संक्रमितहरूको आइसोलेसनमा उपचार भइरहेको छ ।

संक्रमित परिवारका बाँकी सदस्यमा भने कोरोना देखिएको छैन ।