मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ३ बिहीबार
  • Thursday, 17 June, 2021
२०७७ भदौ २१ आइतबार २०:५५:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

सिजी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत ४२ कर्मचारीमा कोरोना

Read Time : < 1 मिनेट
२०७७ भदौ २१ आइतबार २०:५५:००

बाँसगढी नगरपालिकास्थित चौधरी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना देखिएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा सिजी ग्रुपका ४२ जनासहित बर्दियाका ४३ जनामा आइतबार संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमितमध्ये ४२ जना बाँसगढीस्थित सिजी फुड कम्पनीमा कार्यरत कर्मचारी हुन् । संक्रमण भएकामध्ये २९ जना महिला छन् । कुल संक्रमित ४३ जना ३४ जना बाँसगढी नगरपालिकाका, चारजना बढैयाताल गाउँपालिका र पाँचजना बर्दिया जिल्लाबाहिर हुन् ।  

यसअघि सोही कम्पनीमा कार्यरत दुईजनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूको सम्पर्कको आधारमा स्वाब परीक्षण गर्दा धेरैजनामा संक्रमण देखिएको प्रमुख गिरीले बताए । ठूलो मात्रामा संक्रमित देखिएपछि कोभिड– १९ संकट व्यवस्थापन समितिले बाँसगढी नगरपालिका सिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायण ढकालले नगरपालिकाको चारै सिमाना २२ भदौ बिहान ६ बजे २८ भदौसम्मका लागि पूर्ण रूपमा सिल गरेको बताए । पूर्वपश्चिम राजमार्गका लागि अन्य जिल्लाबाट आवतजावत गर्न भने खुला गरिएको छ । बर्दियामा हालसम्म चार सय सातजनामा कोरोना पुष्टि भएको छ ।