Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
श्रवण थापा सर्लाही
२०७७ भदौ २१ आइतबार २०:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुत्केरी मृत्यु प्रकरण : पीडित परिवारलाई मिल्न दबाब

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ भदौ २१ आइतबार २०:४३:००

शल्यक्रियाको अनुमति नै नपाएको मलंगवास्थित अमर्त्य पोलिक्लिनिकले शल्यक्रियामार्फत सुत्केरी गराएकी महिलाको मृत्यु भएपछि छानबिन र क्षतिपूर्तिको माग गरिरहेका पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएर मिल्न दबाब दिएको खुलेको छ । शल्यक्रियामार्फत सुत्केरी गराएकी मलंगवा नगरपालिका–९ की सविता भनिने सहतीकुमारी हल्वाईकोे १६ भदौमा मृत्यु भएको थियो । उनको १३ भदौमा शल्यक्रिया भएको थियो । पोलिक्लिनिकका सञ्चालक डा. सुरेन्द्र यादवले जबर्जस्ती शल्यक्रिया गरी शिशु निकाली दिएको पीडित परिवारको आरोप छ । सुत्केरीकाे मृत्यु पोलिक्लिनिकमै भएपछि जबर्जस्ती जनकपुरको अस्पतालमा रिफर गरेको उनीहरूको भनाइ छ ।

पोलिक्लिनिक सञ्चालक तथा डा. यादवका मान्छेले पीडित परिवारलाई मिल्न र घटनाको विषयमा बाहिर नबोल्न प्रलोभन र धम्की दिने गरेको स्थानीयको भनाइ छ । अतिविपन्न पीडित परिवार डाक्टरको धम्की र प्रलोभनमा परेको एक जनप्रतिनिधिले बताए । घटना मिलाउन र पीडकलाई उनमुक्ति दिन जनप्रतिनिधिसमेत लागेको उनको आरोप छ । महिलाको मृत्यु भएको दुई दिनपछि घटना सार्वजनिक भएलगत्तै पोलिक्लिनिक सञ्चालकले खटाएका मान्छेकोे धम्की र प्रलोभन दिइरहेको उनको भनाइ छ ।

पोलिक्लिनिकले दुई लाख एक हजार र खाद्यान्न उपलब्ध गराउने प्रलोभन देखाएको पीडित परिवारले पनि स्वीकार गरेको छन् । घटना थामथुम पार्न भन्दै विभिन्न समूह, जनप्रतिनिधिलगायतका पीडितको घर धाइरहेको स्थानीयको भनाइ छ । 

मलंगवा नगरपालिकाका मेयर निरसल साहले भने घटना सामान्य रहेको र पोेलिक्लिनिक बिमारीको सेवामा लागि परेको बताए । उनले घटना मिलाउने प्रयास भइरहेको पनि जानकारी दिए । साथै पोलिक्लिनिकमा भएको गतिविधिलाई अवैध भन्न नसकिने मेयर साहको भनाइ थियो । यद्यपि, पोलिक्लिनिकका सञ्चालक एवं डा. यादव स्वयंले भने शल्यक्रियाको अनुमति नलिएको र शल्यक्रिया गर्नु गलत भएको यसअघि नै स्वीकार गरिसकेका छन् । 

पीडित परिवारलाई सहयोग 
पीडित परिवारलाई जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी आइतबार १५ हजार नगदसहित ५० किलो आलु, २५ किलो प्याज, दाललगायतको खाद्यान्न सहयोग गरेका हुन् । 
सो क्रममा सभापति चौधरीले पीडित परिवारलाई क्षतिपूर्तिबापत दुई लाख एक हजार उपलब्ध गराउन पहल गरेको बताए ।