मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २१ आइतबार १८:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पूर्वकप्तान पारस खड्का पूर्ण छात्रवृत्तिमा एमबिए पढ्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २१ आइतबार १८:२३:००

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा मास्टर अफ बिजनेस एड्मिनिष्ट्रेसन (एमबिए) अध्ययन सुरु गरेका छन् । खड्कालाई आगामी दुई वर्षका लागि एमबिए कार्यक्रममा एम्बासडरको रूपमा नियुक्त गरेको छ । कलेजले एमबिए अध्ययनका लागि खड्कालाई पूर्ण छात्रवृत्ति दिएको छ । 

कलेजका निर्देशक लक्ष्मण पोखरेलले विज्ञप्ति जारी गरी खड्का कलेजको एमबिए कार्यक्रममा सेप्टेम्बरबाट सुरु शैक्षिक सत्रदेखि अध्ययन गरिरहेको उल्लेख गरेका छन् । उनले शनिबार ब्रान्ड एम्बासडर भएको घोषणा गरी दुई वर्षका लागि अनुबन्धन गरेको उल्लेख गरेका छन् । 

फिनिक्सले नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत नाै वर्षदेखि जनशक्ति उत्पादन गरिरहेको छ । एमबिए अध्ययनले जीवनमा अझै सफलता प्राप्तिका लागि सहयोग पुग्ने पोखरेलको भनाइ छ । फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेको छ ।