मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २१ आइतबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेलमार्ग ठेक्कामा भएको भ्रष्टाचारको विरोधमा कांग्रेसका युवा नेताले गरे प्रदर्शन 

Read Time : < 1 मिनेट
२०७७ भदौ २१ आइतबार १७:०१:००

कांग्रेसका युवा नेताहरूले काँकडभिट्टादेखि इनरुवासम्मको रेलमार्ग ठेक्कामा अनियमितता र मिलोमतोमा भ्रष्टाचार भएकाे भन्दै विरोधमा आइतबार काठमाडौंको माइतीघर मण्डलामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । 

जग्गाको मुआब्जा नदिई, पूर्वतयारीविना निर्माण व्यवसायीहरूसँग मिलोमतोमा सरकारले सीमित कम्पनीलाई मात्र प्रतिस्पर्धा गराएर ३३ अर्बको  ठेक्कामा भागबन्डा गरी संस्थागत र नीतिगत भ्रष्टाचार गरेकाले विरोधमा उत्रिएको युवा नेता रञ्जित कर्णले बताए ।
 
नेविसंघका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा युवाहरू प्रदर्शनमा सहभागी भएका थिए । ‘रेलमार्ग ठेक्का प्रक्रियामा सरकार किन मौन ? अख्तियार किन मौन ?,’ ‘नेताहरू किन मौन ?,’ ‘ठेक्का प्रक्रियामा भएको नीतिगत भ्रष्टाचारको छानबिन गर,’ ‘खुलेआम भ्रष्टाचारमा संलग्नलाई कारबाही गर’लगायतका नारा लेखिएका प्लेकार्डसहित कालोपट्टी बाँधेर युवा नेताहरू प्रदर्शनमा उत्रिएका थिए ।