१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नारायण विश्वकर्मा
२०७७ भदौ १९ शुक्रबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरुवा बन्दुकको छर्रा लागेर एकजना गम्भीर घाइते

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा
२०७७ भदौ १९ शुक्रबार १८:२२:००

भरुवा बन्दुकको छर्रा लागेर अर्जुनचौपारी गाउँपालिका– १ माँझपाटामा एकजना घाइते भएका छन् । माँझपाटाका ६३ वर्षीय इन्द्रबहादुर क्षेत्रीले पड्काएको भरुवा बन्दुकको छर्राले लागेर बाटोमा हिँडिरहेका ४५ वर्षीय भीमबहादुर गोदार घाइते भएका हुन् ।

उनको पेटमा छर्रा लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । घाइते गोदारलाई उपचारका लागि पोखरा पठाइएको छ । बन्दुक पड्काउने क्षेत्रीलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दा दर्ता गरेको डिएसपी अधिकारीले बताए ।

यस्तै, पुतलीबजार नगरपालिका– ८ बाह्रकोट कल्लियाथोकका ३३ वर्षीय अमितसिंह ठकुरी भरुवा बन्दुकसहित पक्राउ परेका छन् । डिएसपी अधिकारीका अनुसार घरमा लुकाइछिपाई राखेको चार फिट पाँच दशमलव पाँच इन्च लम्बाइको एकनाले भरुवा बन्दुकसहित ठकुरीलाई नियन्त्रमा लिएको हो ।