मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर सौजन्य : राजन पौडेल
२०७७ भदौ १९ शुक्रबार १५:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाग्लुङको बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री : क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गर्ने प्रतिबद्धता

Read Time : > 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १५:०५:००

बुधबार राति गएको बाढीले क्षति पुऱ्याएको स्थलगत निरीक्षणमा गृहमन्त्री रामबहादुर थापा पुगेका छन् । 

नेपाली सेनाको हेलिकाेप्टरमार्फत आएका गृहमन्त्री थापासहितको टोलीले भुजीखोलामा आएको भीषण बाढीले पुऱ्याएको क्षतिबारे स्थलगत जानकारी लिएको थियो । यस टोलीले त्रिपाल, टेन्ट, म्याटलगायतका राहतका सामग्रीसमेत वितरण गरेको छ । 

गृहमन्त्री थापा बिहीबार नै बाढी प्रभावित क्षेत्रका लागि प्रस्थान गरे पनि खराबीका कारण उनी सवार हेलिकोप्टर स्याङ्जाको आकाशबाटै फर्किएर पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । 

अत्यधिक वर्षाका कारण मौसमले साथ नदिएपछि उनी पोखराबाट काठमाडाैं फर्किएको थिए । गृहमन्त्री थापा फर्किए पनि त्यसको एक घन्टाैंपछि कांग्रेस नेता जित शेरचन र द्रोण कुँवरले हेलिकाेप्टरमार्फत राहत लिएर घटनास्थलमा पुगेका थिए । 

बाढी प्रभावित क्षेत्रको स्थलगत जानकारीपछि गृहमन्त्री थापाले बाढीले क्षतिग्रस्त बनाएका घरको पुनर्निर्माण वर्षालगत्तै सुरु गरिने प्रतिबद्धता व्यक्त गरे । 

उनले ढोरपाटनको विपत्तिबाट देशमा नै ठूलो अकल्पनीय घटना व्यहोर्नुपरेको भन्दै घर र परिवार गुमाएकाहरूका लागि सरकारले साथ दिने बताए । 

बाढीका कारण अझै पनि थप जोखिमयुक्त बस्तीबारे पूर्वसचेतता अपनाउन र भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालयलका मन्त्रीसँग कुरा गर्ने थापाले प्रतिबद्धता जनाए । 

बाढी प्रभावित क्षेत्रका सांसद तथा नेकपाका नेता देवेन्द्र पौडेलसँगै विपतविज्ञको टोली पनि पुगेको थियो । 

बुधबार राति आएको बाढीले ढोरपाटन नगरपालिकाकाको वडा नम्बर ९ सहित ७ र ८ मा ठुलो क्षति पुऱ्याएको छ । 
बाढीमा परी १४ जनाको मृत्यु भएको छ भने २४ जना अझै बेपत्ता छन् । 

बाग्लुङ जिल्ला सदरमुकामबाट निकै टाढा १ सय २६ किलाेमिटर पश्चिममा पर्छ बाढी प्रभावित गाउँ रहेको छ । 

ढोरपाटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ अहिले बढी प्रभावित छ । यो ठाउँमा पुग्न सदरमुकामबाट बुर्तिबाङसम्म ९० किलाेमिटरको सवारी यात्रा गरेपछि त्यहाँबाट २६ किलाेमिटर दूरीमा अहिले पैदल यात्रा गर्नुपर्छ । यसका लागि ४ देखि ६ घन्टा लाग्ने स्थानीय बताउँछन् ।