१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ भदौ १९ शुक्रबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै छोराले यौनहिंसा गरेको भन्दै आमाले दिइन् प्रहरीमा उजुरी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ भदौ १९ शुक्रबार १०:४५:००

आफ्नै छोराले यौनहिंसा गरेको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी छिन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाकी ५८ वर्षीया आमाले ३० वर्षीय छोराले आफूमाथि यौनहिंसा गरेको भन्दै उजुरी दिएकी हुन् ।  

छोरा सानै हुँदा श्रीमान् गुमाएकी ती महिलाले छोरालाई हुर्काएकी थिइन् । मदिराले लठ्ठ भएर बारम्बार आफूमाथि यौनहिंसा गरेपछि बाध्य भएर उजुरी दिनुपरेको उनको भनाइ छ । 

जबर्जस्ती करणी गरेको अभियोगमा उनले मुद्दा दायर गरेकी छिन् ।  अपराध लुकाउन नसकेर प्रहरीसमक्ष आएको भन्दै आमाले छोराविरुद्ध दायर गरेको मुद्दा कञ्चनपुर प्रहरीले दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले छोराविरुद्ध आमाले दिएको मुद्दा दर्ता भएको बताए । ‘मुद्दा दर्ता भइसकेको छ,’ प्रवक्ता थापाले भने, ‘छोरालाई  पक्राउ गरी अनुसन्धान सुरु भइसकेको छ, अदालतबाट म्याद थप गरेका छौँ ।’