मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ भदौ १९ शुक्रबार ०९:२९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

बारा र पर्सामा थपिए ४५ संक्रमित 

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार ०९:२९:००

बारा र पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा दुई जिल्लाका ४५ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। 

उनका अनुसार थपिएका संक्रमितमध्ये पर्साका २६ र बाराका १९ जना छन् । जसमा वीरगन्जमा महानगरपालिकाका विभिन्न वडाका १९ र बाँकी सातजना कालिकामाई गाउँपालिकाका, सखुवाप्रसौनी गाउँपालिका तथा पटेर्वासुगौली गाउँपालिकाका छन् । 

यस्तै बाराको निजगढ नगरपालिकाका पाँचजना, इलाका प्रहरी कार्यालय निजगढका ६ प्रहरी र सशस्त्र प्रहरी बल पिलुवाका दुईजनामा संक्रमण देखिएको अस्पतालले जनाएकाे छ । यस्तै कामना विकास बैंकमा कार्यरत एकजना कर्मचारीमा पनि कोरोना  संक्रमण देखिएको छ ।