मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ १९ शुक्रबार १०:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भदौभित्र मन्त्रिपरिषद् पुनर्गठन, वामदेवको रोजाइ अर्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ १९ शुक्रबार १०:०२:००

नेकपामा विवाद समाधानका लागि गठित कार्यदलले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेको छ । त्यसैअनुसार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भदौ मसान्तभित्र मन्त्रिपरिषद् पुनर्गठनका लागि तयार भएका छन् ।

‘सम्भवतः यही महिनाभित्र मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ सचिवालयका एक नेताले बताए । राष्ट्रिय सभा सदस्यसँगै नेता गौतमले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिने चाहना राखेका छन् ।

गौतमनिकट एक नेता भन्छन्, ‘उहाँ सरकारमा गए अर्थमै जानुहुन्छ, नत्र जानुहुन्न ।’ स्रोतले बताएअनुसार गौतम सांसद हुनका लागि मात्रै राष्ट्रिय सभामा प्रवेश गरेका होइनन्, उनी राम्रो मन्त्रालय जिम्मा लिने दाउमा छन् । 

गौतमले प्रधानमन्त्री ओलीसामु स्वतन्त्र हैसियतको शक्तिशाली विकास निर्माण प्राधिकरणको प्रमुख हुने चाहना पनि व्यक्त गरेका थिए । प्राधिकरण गठनका लागि आफूले प्रस्ताव बुझाए पनि बेवास्ता गरिएको भन्दै गौतम प्रधानमन्त्री ओलीसँग रुष्ट बनेका थिए ।

तर, अब सरकारमा गएर प्रभावकारी काम गर्ने गौतमले इच्छा व्यक्त गरेका छन् । खतिवडालाई आर्थिक सल्लाहकार वा महत्वपूर्ण मुलुकको राजदूतमा व्यवस्थापन गर्ने निष्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् । गौतम उपप्रधानमन्त्री भए उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको पद धरापमा पर्नेछ ।