१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ १८ बिहीबार १९:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समुदायस्तरमा कोरोना भाइरस फैलिन थालेपछि लमजुङमा आइसोलेसन बेड थपियो

Read Time : < 1 मिनेट
२०७७ भदौ १८ बिहीबार १९:५१:००

जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै आइसोलेसन बेड थप गरिएको छ । निर्माण गरिएका आइसोलेसन बेडभन्दा कोरोना संक्रमितको संख्या धेरै भएपछि व्यवस्थापनमा चुनौती भएकाले आइसोलेसन बेड थप गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । 

उनले भने, ‘जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले एक सय बेड क्षमताको आइसोलेसनलाई दुई सय बेडको बनाइएको छ ।’ शर्माका अनुसार जिल्लामा समुदायस्तरमा कोरोना भाइरस फैलिन थालेपछि संक्रमितलाई व्यवस्थापन गर्न आइसोलेसन बेड थप गरिएको हो । उनले भने, ‘आवश्यक परेको अवस्थामा आइसोलेसन वार्डको क्षमता थप्न सकिनेछ ।’

जिल्लामा बिहीबारसम्म कुल संक्रमितको संख्या दुई सय ४० पुगेको छ । संक्रमितमध्ये एक सय २० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । एक सय २० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए । 

जिल्लामा हालसम्म दुई हजार नौ सय १६ जनाको पिसिआर परीक्षणका लागि नमुना स्वाब संकलन गरिएको सुनारले बताए ।  जिल्लाका कोरोना संक्रमित महिलालाई लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ भने पुरुष संक्रमितलाई बेसीसहरकै सहरी विकासको भवन सहजी, नमुना सामुदायिक अस्पताल सुन्दरबजार र लमजुङ कृषि क्याम्पसको आइसोलेसनमा राखिएको छ ।