रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडाध्यक्ष सरोजकुमार पाण्डे २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले उनलाई बिहीबार वडा कार्यालयबाटै पक्राउ गरेको हो ।
अनुदान मिलाइदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।