मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १५:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

डिपीआर तयार नभई विमानस्थल निर्माण कार्य अघि नबढाउन सचेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १५:५२:००

राष्ट्रियसभाका सांसदहरुले बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन सरकारलाई सचेत गराएका छन् ।

संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले विमानस्थल निर्माण गर्नु अघि स्थानीय जनताको माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराएकाे छन् । स्थानीय जनताको उचित बसोबासको व्यवस्था गरे मात्रै आयोजना अघि बढाउन उपयुक्त हुने उनकाे भनाई छ ।

राष्ट्रियसभाकै अर्का सांसद खिमलाल भट्टराईले आयोजना निर्माण कार्यमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । स्थानीय जनताले पनि आयोजना निर्माण कार्य अघि बढाउन आग्रह गरिरहेको स्मरण गराउँदै उनले तोकिएकै मितिमा सम्पन्न हुने गरी निर्माण कार्य अघि बढाउनु पर्ने आवश्यक्ता औंल्याए । आगामी ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको यस आयोजनाको लागत १ खर्ब २० अर्ब अनुमान गरिएको छ ।