मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ भदौ १८ बिहीबार १०:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु 

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ भदौ १८ बिहीबार १०:४८:००

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ११ जमुवाडमा बिहीबार भएको सवारीसाधन दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भुमही–परासी सडकखण्डअन्तर्गत परासीबाट भुमहीतर्फ जाँदै गरेको ना.२क २०९ नम्बरको हुलास कम्पनीको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु.४५प ८७४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलचालक रुपन्देहीको ओमसतिया गाउँपालिका– ४ का २५ वर्षीय सुरेश चौधरीको रहेका छन् भने मोटरसाइकलपछाडि सवार पाल्हीनन्दन गाउँपालिका– ४ बस्ने १९ वर्षीया प्रिती चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीको लुम्बिनी नर्सिङ होम रुपन्देहीमा उपचार भइरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।