मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ १७ बुधबार १०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ भदौ १७ बुधबार १०:४१:००

अविरल वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको बडिगाड गाउँपालिकामा एकजनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका– १० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । 

घरनजिकैको पसलमा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रममा भारी वर्षासँगै परेको चट्याङ लागेर बुढा सडकमै लडेका थिए । अर्धचेत अवस्थामा रहेका उनको स्थानीयले उद्धार गरी घरमा राखिरहेको अवस्थामा मंगलबार राति ज्यान गएको डिएसपी रेग्मीले बताए ।