१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १६ मंगलबार १६:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काम गर्ने वातावरण नभएको भन्दै धरानस्थित ‘कोभिड अस्पताल’की प्रमुखले दिइन् राजीनामा

Read Time : < 1 मिनेट
२०७७ भदौ १६ मंगलबार १६:३८:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ‘कोभिड– १९ अस्पताल’ सञ्चालनको नेतृत्व सम्हाल्दै आएकी एनेस्थेसिया विभागकी प्रोफेसर डा. कृष्णा पोखरेलले राजीनामा दिएकी छिन् ।

अस्पताल प्रमुख डा. कृष्णा पोखरेलले उपकुलपति डा. ज्ञानेन्द्र गिरीसमक्ष मंगलबार राजीनामा दिएकी हुन् । 

कोभिड अस्पताललाई गत जेठदेखि प्रमुखको रूपमा नेतृत्व प्रदान गरेकी डा. पोखरेलले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएकी छिन् । 

अस्पतालको औषधि खरिदमा अनावश्यक हस्तक्षेप र दबाब परेकोले ड‍ा पोखरेलले अस्पताल प्रमुखबाट राजीनामा दिएको स्रोतले जनाएको छ । 

आवश्यकताभन्दा बढी औषध तथा अन्य मेडिकल सामग्री खरिद गरिएकोमा हस्ताक्षर गर्न प्रशासनले दबाब दिएको स्रोतले जनाएको छ । 

राजीनामाबारे प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल निरन्तर रुपमा स्विच्डअफ रहेको छ  ।

यस विषयमा उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् । 

स्रोतका अनुसार उपकुलपतिको सचिवालयमा काम गर्ने कर्मचारीले अनावश्यक तनाव दिएका कारण पोखरेलले प्रमुख पदबाट राजीनामा दिएको बताइएको छ । 

राजीनामा पछि उनी पुनः आफ्नो विभागमा फर्केर काम गर्ने बताइएको छ । कोभिड– १९ अस्पताल निर्माण तथा त्यहाँ आवश्यक सामानहरू खरिद नियमअनुसार नगरी उपकुलपतिको सचिवालले आफूखुसी खरिद गर्ने र हस्ताक्षर गर्न दबाब दिने गरेको स्रोतले बताएको छ । 

अनावश्यक दबाब बढेपछि उनले कोरोना अस्पताल प्रमुखबाट राजीनामा गरेको हुन सक्ने बताइएको छ । 

प्रतिष्ठानमा गत जेठमा उद्घाटन गरिएको कोभिड उपचारका लागि एक सय बेडको अस्पताल सञ्चालनमा छ ।